युवकलाई गोली हानेको ठाउँबाट खिया लागेको पेस्तोल बरामद

काठमाडौं, २६ मंसिर । प्रहरीले गोली हानेर पक्राउ गरेको युवक अविनाश राईबाट ४९० ग्राम आइस ड्रग एमफेटामिन बरामद भएको छ ।

एसपी रवीन्द्र रेग्मीका अनुसार निकै महँगो र नसालु मानिने एमफेटामिनसहित उदयपुरका राई पक्राउ परेका छन् ।

ललितपुरको झम्सीखेलमा राई रहेको स्थानमा प्रहरी पुग्ने बित्तिकै उनले प्रहरी टोलीमाथि आक्रमण गरेको रेग्मीले दाबी गरे । त्यसक्रममा नियन्त्रणमा लिन गोली चलाएको उनको भनाइ छ ।

प्रहरीको गोली राईको दाहिने खुट्टामा लागेको छ । उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गोली चलाएर राईलाई पक्राउ गरेको ठाउँमा प्रहरीले खिया लागेको पेस्तोल र त्यसमा लाग्ने केही राउण्ड गोली भेटेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्