पहिचानवादीले कोशी प्रदेशका मुख्यमन्त्रीलाई देखाए कालो झण्डा

झापा, २६ मंसिर । झापाको दमकमा पहिचानवादीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई कालो झण्डा देखाएका छन्।

लागुऔषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा पहिचान पक्षधरले मंगलबार मुख्यमन्त्री कार्कीलाई कालो झण्डा देखाएका हुन् ।

फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानसहितको प्रदेशको नामकरणको माग राख्दै पहिचान पक्षधर निरन्तर आन्दोलनरत छन् । मुख्यमन्त्री कार्कीविरद्ध उनीहरुले कोशी नाम खारेज गर, पहिचान विरोधी होसियार भन्दै नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्