आजको तरकारीको मुल्य: भारतीय गोलभेडा भन्दा नेपाली सस्तो

काठमाडौं, २६ मंसिर । आलु प्याज लगायत तरकारीमा मुल्य अभिवृद्धि कर (भ्याट) लाग्ने हल्लापछि तरकारीको मुल्यमा पनि उचड चढाव हुँदै गएको । यसले गर्दा विचौलियाले कमाउने मौका पाएको छ । भारतीयको तुलनामा नेपाली गोलभेडा ३० रुपैयाँ सस्तो रहेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मंगलबारको मूल्यसूचीअनुसार नेपाली ठूलो गोलभेडा प्रतिकिलो ५०–६० रुपैयाँसम्म प्रतिकिलो रहेको छ भने भारतीय प्रतिकिलो ८०देखि ९० रुपैयाँ रहेको छ।

सानो ९लोकल० गोलभेडा प्रतिकिलो १५ देखि २० रुपैयाँ र टनेलको गोलभेडा १५ देखि २५ रुपैयाँसम्म रहेको छ।

तराईको गोलभेडा भने प्रतिकिलो १० देखि १२ रुपैयाँसम्म महँगो रहेको छ। तराईको सानो गोलभेडा प्रतिकिलो २५ देखि ३२ रुपैयाँ रहेको छ।

रातो आलुको प्रतिकिलो ४५ देखि ४८ रुपैयाँसम्म रहेको छ। सेतो आलु प्रतिकिलो ३५ देखि ४० रुपैयाँसम्म रहेको छ। प्याज सुकेको ९भारतीय० प्रतिकिलो १३५ देखि १४५ रुपैयाँसम्म रहेको छ। बन्दा प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्म रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्