फुटपाथ व्यापारी हटाउने निर्णय विरुद्ध ललितपुर महानगरअगाडि ईः १०८ मिनेट उभिने
काठमाडौं, २५ मंसिर । बिहान–साँझमा ललितपुर महानगरपालिकाले फुटपाथ व्यापार गर्न नदिने निर्णयलाई पुनर्विचार गर्न अभियन्ता ईःले अनुरोध गरेका छन्।
ललितपुरको सपना नमार्न आग्रह गर्दै सो निर्णय पुनर्विचार गर्न ईः ले अनुरोध गरेका हुन्।
सहर भनेको कार भएका मानिसलाई मात्र नभई सबैका लागि हो भन्ने यल (ललितपुर) को प्रयासलाई सबैले प्रशंसा गरेको छ, उनले लेखेका छन्, सहरको आत्मा मार्दै रात र बिहानका फुटपाथ क्षेत्र हटाउने निर्णयप्रति पुनर्विचार गर्न आवश्यक छ।
उनले ललितपुर महानगरपालिका अगाडि मंगलबार ३ बजेदेखि १०८ मिनेट अभिने बताएका छन् ।
विस्थापन होइन, व्यवस्थापन गर । अभियान्ता ईःले कर लेऊ, गरी खान देऊ, लेखेका छन्।
यसअघि पनि फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित
अभियन्ता ईः १९९ घण्टासम्म राष्ट्रिय सभागृह अगाडि उभिएका थिए।
प्रतिक्रिया दिनुहोस्