रास्वपाको संसदीय दलको बैठक बस्दै

काठमाडौं, २५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । सोमबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा दलको बैठक बोलाइएको रास्वपा उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।
बैठकमा संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि छलफल केन्द्रित हुने छ । बैठकमा संसदीय दलको विधान, संसद्को आगामी अधिवेशनलगायत विषयमा छलफल हुने अर्यालले बताए । रास्वपा सभापति रवि लामिछाने बेलायतमा रहेका छन् । आजको बैठक दलका कार्यवहाक नेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा बस्ने पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्