१२ निर्माण कम्पनीहरुलाई कालो सूचीमा, (सूचिसहित)

काठमाडौं, २५ मंसिर। नेपाल सरकारले १२ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरुले लेखी पठाएको आधारमा १२ कम्पनीहरुलाई कालो सूचीमा राखेको हो । ती कम्पनीहरु ३ वर्षदेखि १ वर्षसम्म कालोसूचीमा रहने छन् । कालो सूचीमा परेकाहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

आदर्श कन्स्ट्रक्सन गोलबजार सिरहा तीन वर्षसम्म कालोसूचीमा परेको छ । यो कम्पनीको मुख्य व्यक्ति सरोज कुमार शाह छन् ।
यसैगरी लक्ष्मण पाण्डेय मुख्य व्यक्ति रहेको त्रिवेणी निर्माण सेवा पोखरा र बमबहादुर कुर्मी मुख्य व्यक्ति रहेको गंगोत्री देवी निर्माण सेवा नेपालगञ्ज दुई–दुई वर्षसम्म कालोसूचीमा परेका छन् । कालोसूचीमा परेका अन्य कम्पनीहरुको विवरण यसप्रकार छन् :

 

प्रतिक्रिया दिनुहोस्