श्रम अदालतको फैसला विरुद्ध जाँदा आम्दा नेपालको सबै बैंक खाता रोक्का

काठमाडौं, २४ मंसिर । आम्दा अस्पतालको बैंक खाता अवकाश प्राप्त कर्मचारीले पाउने सुविधाका विषयमा विवाद हुँदा रोक्का भएको छ । २६ वर्षदेखि काम गरेका कर्मचारीको पारिश्रमिक भुक्तानी विवादमा श्रम कार्यालय झापाले एशोसिएसन अफ मेडिकल डाक्टर्स अफ एसिया नेपाल आम्दा नेपालको बैंक खाता रोक्का गरेको हो ।

आम्दा नेपालले झापामा सञ्चालन गरेको आम्दा अस्पतालमा काम गरेका थिए । अवकाशपछि पाउनुपर्ने उपदानलगायतका सेवा सुविधा नपाएपछि उनी उजुरी लिएर श्रम कार्यालय पुगेका थिए । उपदानको विवाद श्रम अदालत काठमाडौंसम्म पुगेको थियो ।

अदालतले न्यौपाने सेवाबाट अवकाश भए पनि सम्बन्धित कार्यालयले श्रमिकको हिसाब फरफारक नगरी भुक्तानी नदिएको पाइएकोले श्रम ऐनको दफा १४८ -३_ बमोजिम सेवामा बहाल रहेको मानी भुक्तानी हुने दिनसम्मको पारिश्रमिकसमेत उपलब्ध गराउनुपर्ने फैसला गरेको थियो ।

अदालतको फैसला कार्यान्वयन गर्न आम्दाले नमानेपछि श्रम कार्यालय झापाले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरी आम्दा नेपालको देशभरको बैंक तथा वित्तीय संस्थामा रहेको खाता रोक्का गरेको हो ।

प्रतिक्रिया दिनुहोस्