प्रस्तावित न्यायाधीश सारङ्गा सुवेदीविरूद्ध उजुरीमा के छ ?
काठमाडौं, २४ मंसिर । वीरगञ्ज इजलासमा हुँदा न्यायाधीशको पदीय आचरण र मर्यादा विपरित विवादित आदेश गरेको भन्दै प्रस्तावित न्यायाधीश सारङगा सुवेदीविरुद्ध उजुरी परेको छ । चिरञ्जीवीभक्त पौडेलले समितिमा हालेको उजुरीमा संसदीय समितिबाट सुवेदीलाई न्यायाधीशका लागि अनुमोदन अस्वीकार गर्न भनिएको छ ।
सुवेदीबिरूद्द संसदीय सुनुवाइ समितिमा आरती साहका परिवारका तर्फबाट पनि अर्को उजुरी परेको छ । प्रेम साहले सुवेदीविरुद्ध समितिमा दर्ता गरेको उजुरीमा आरतीका हत्या प्रकरणमा जनकपुर उच्च अदालतमा हुँदा न्यायाधीश सुवेदी र किरणकुमार पोखरेलले प्रमाणको मुल्यांकन नगरी कसुरदार आरतीका पति तथा ससुरालाई साधारण तारेखमा रिहा गरेको आरोप छ ।











प्रतिक्रिया दिनुहोस्