सेयर बजारमा दोस्रो पटक ‘सर्किट ब्रेक’, ४० मिनेटलाई कारोबार स्थगित
काठमाडौं, २४ मंसिर । आइतबार कारोबार खुलेको ५ मिनेटमै बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४ प्रतिशत बढेपछि पहिलो सर्किट लागेको थियो । सेयर बजारमा दोस्रो सकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ ।
त्यस्तै २० मिनेट स्थगित भएर फेरि खुलेको कारोबारमा २ मिनेटमै अघिल्लो दिनको तुलनामा ५ प्रतिशत वृद्धि भएपछि दोस्रो सर्किट ब्रेक लागेको हो ।
दोस्रो सर्किट लागेपछि सेयर बजारको परिसूचक नेप्से ९२।७ अंक बढेर १९४५ अंकमा कायम भएको छ । ११ः २७ बजेसम्म २९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सो समयसम्म जलविद्युत् समूह सबैभन्दा धेरै ७ प्रतिशत बढेको छ ।
योसँगै कारोबार ४० मिनेटका लागि स्थगित भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको समीक्षाले सेयर धितो कर्जाको जोखिमभार १२५ मा झारेपछि लगानीकर्तामा मनोबल बढेको छ । त्यसअघि यस्तो जोखिमभार १५० प्रतिशत थियो ।











प्रतिक्रिया दिनुहोस्