सिन्डिकेटको पक्ष लिएर सेवा रोकेकै दिनमा सवारीको रुट परमिट खारेज

काठमाडौं । सिन्डिकेटको पक्ष लिएर सेवा रोक्ने सार्वजनिक सवारीको रुट पर्मिट पहिलो दिनमै खारेज गर्ने भएको छ । यातायात व्यवस्था विभागले गृह प्रशासन तथा नागरिक समाजलाई हड्ताल गर्ने सवारीको विवरण लिन अनुरोध गरेको छ ।

यसअिघ गृह मन्त्रालयले पनि आन्दोलनका नाममा कुनै सवारी रोकिए सुरक्षा निकाय परिचालन गरेर आफैंले चलाउने चेतावनी दिइसकेको छ ।
भट्टराईले ‘ऐनले दिएको अधिकार प्रयोग गरेर हामी पहिलो दिनमै रुट खारेज गर्छौं, त्यसका लागि उपभोक्ताकर्मी र गृह प्रशासनले हामीलाई नचल्ने सवारीको विवरण दिनेछन्, । ’

अहिले झण्डै ६० भन्दा बढी यातायात कम्पनीले बन्दका समयमा पनि सेवा नरोक्ने प्रतिवद्धता दिएका छन् ।

कतिपय व्यवसायीहरु समिति त्याग्दै स्वतन्त्र ढंगले सवारी चलाउन पनि थालिसकेका छन् । सवारी रोकिए पर्यटक बसहरुलाई पनि परिचालन गर्ने योजना छ ।

उपत्यकाभित्र विभिन्न कम्पनीका ठूला बसहरु चलिरहेकाले व्यवसायीले आन्दोलनमा आएर सवारी नै नचलाएपनि फरक नपर्ने विभागको जनाएको छ ।
काठमाडौंभित्र साझा, मयुर, अन्नपूर्ण, सिटी मेट्रो, महानगर लगायतका ठूला सब सञ्चालक कम्पनीहरु छन् । सँगै नेपाल यातायात व्यवसायी सर्बोच्च महासंघ अन्तरगतका सवारी पनि सञ्चालनमा आउन सक्ने अवस्था देखिएको छ ।

यातायात संघ तथा समितिहरु समिति नवीकरण रोकेको र कम्पनीमा जान बाध्य पारिएको बिरोधमा आन्दोलनको तयारी छन् । उनीहले चरणवद्ध आन्दोलनको घोषणा गर्दै २१ गते सांकेतिक रुपमा सबवारी बन्द गर्दै २७ गतेदेखि अनिश्चितकालीन हड्ताल गर्ने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्