आयोगलाई नर्टेने मिटरब्याजीले गर्दा पीडितहरु न्यायबाट बच्चित
काठमाडौं, २१ मंसिर । मंसिर १२ गते बिहान साढे ९ बजेतिर जनकपुरधाम उपमहानगरपालिका–२४, धनुषाका अहेब मनोजलाल कर्ण एकजना बिरामी हेर्न पुगेका थिए । उनको घरमा विगोसहित सात दिनभित्र हाजिर हुनु भन्ने व्यहोराको पत्रसहित जिल्ला अदालत, धनुषाका एक कर्मचारी पुगे ।
मनोजलालकी पत्नी अञ्जनाले पत्र बुझिन् र पत्र पढेपछि अञ्जनाले आत्तिँदै चाँडै घर फर्किन श्रीमानलाई फोन गरिन् । ‘श्रीमतीले फोनमै पत्रको ब्यहोरा सुनाए एकछिन अवाक भएँ । बेइमान साहुप्रति असह्य आक्रोश आयो’, त्यो क्षण सम्झिँदै मनोजलाल अहिले पनि आक्रोशित हुन्छन् । त्यस दिनदेखि मनोजको परिवार बेचैन छ । परिवारमा तीन छोराछोरीसहित पाँचजना छन् ।
मनोज मेडिकल सञ्चालक हुन् । मनोजका अनुसार घर व्यवहार चलाउन भदौ २०६८ मा गाउँकै साहु श्रवण दाससँग ९० हजार रुपैयाँ ऋण लिएका थिए । सयकडा ३ रुपैयाँ व्याज तिर्ने सहमति थियो । मनोजका अनुसार वर्ष दिनभित्रै ७५ हजार रुपैयाँ बुझाएका थिए । त्यसपछि उनी घरबाहिर रहे ।











प्रतिक्रिया दिनुहोस्