सर्वसाधारणका लागि हिमालयन रिले मंसिर २७ बाट सेयर बिक्री गर्दै

काठमाडौं २१, मंसिर । वैदेशिक रोजगारीमा गएकालाई सेयर बाँडफाँट गरेको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आम सर्वसाधारणका लागि पनि सेयर खुलाएको छ ।

कम्पनीले मंसिर २७ देखि पुस १ गतेसम्म सर्वसाधारणलाई सेयर बिक्री गर्ने छ । अंकित मूल्य १०० रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँका दरले कम्पनीले सेयर बिक्री गर्ने छ ।

कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ छ । ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरेपछि चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्ने छ ।

कम्पनीको सेयरमा कम्तिमा १० र अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ । हिमालयन रि निजी क्षेत्रको पहिलो पुनर्बीमा कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्