एनसेलको शेयर खरिदबिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन
काठमाडौं, २१ मंसिर। सरकारले बहुप्रतिक्षित कम्पनी एनसेलको ८० प्रतिशत हिस्सा ओगटेको कम्पनीको शेयर खरिदबिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
आजको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
समितिमा सचिव फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेश कुमार शाक्य र आइक्यानका अध्यक्ष सुजन कुमार काफ्ले लगायत छन् । यस समतिको गठनले एनसेल घोटला प्रकरा(को वास्तविकता बाहिर ल्याउन सकिन्छ की भन्ने विश्वास बढेको छ ।















प्रतिक्रिया दिनुहोस्