२७ लाख ६० हजार रुपैया रुसी सेनामा पठाउने गिरोहबाट बरामद
काठमाडौं, २० मंसिर। रुसी सेनामा भर्ना हुन पठाउने ‘गिरोहको साथबाट प्रहरीले २७ लाख ६० हजार बरामद गरेको छ । उनीहरु भिजिट भिसाबाट रुस जादै थिए । ओखलढुंगा घर भएर गोकर्णेश्वर बस्ने २५ वर्षीया सुजता दाहाल र चितवन घर भएका २५ वर्षीय गोकर्ण अर्यालको साथबाट प्रहरीले १४ लाख १८ हजार ५ सय नगद बरामद गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले दाहाल र अर्यालको समूहबाट २७ थान पासपोर्ट बरामद गरिएको जनाएको छ । सिनामंगलस्थित ईश्वर अधिकारीको कार्यालयबाट १३ लाख ४२ हजार नगद र १६ थान पासपोर्ट प्रहरीले बरामद गरेको छ । छुट्टाछुट्ट्रै समूहबाट २७ लाख ६० हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।
भिजिट भिसामा रुसको सेनामा पठाएको आरोपमा पक्राउ गरिएका १२ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।











प्रतिक्रिया दिनुहोस्