अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न
काठमाण्डौं । आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ । यो दिनलाई नेपालमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका रुपमा मनाउने गरिन्छ । यसवर्ष २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस ‘स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाको संयुक्त प्रयास’ नाराका साथ मनाईंएको हो ।
आजको दिन महिला स्वास्थ्य स्वयंसेविकाको कामको कदर र मनोबल उच्च राख्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम हुँदैछन् । नेपालमा बालबालिका तथा मातृ मृत्यदर प्रभावकारी रूपमा घट्नुमा स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय भूमिका रहेको सरोकारवाला निकायहरुले जनाएको छ । महिला स्वास्थ्य स्वयंसेविकाको मुख्य काम महिला तथा बालबालिकाको क्षेत्रमा भएपनि कतिपय अवस्थामा स्वयंसेवकका रूपमा खटाउने गरिएको छ ।
२०४५ सालदेखि नेपालमा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्