नेपालको अर्थतन्त्र, वातावरण र मानवतामा जलवायु परिवर्तनले ठूलो असर: राष्ट्रपति पौडेल
काठमाडौं, १९ मंसिर। जलवायु परिवर्तनको प्रभाव न्यून गरी मानिसको जीवन सहज बनाउनु प्रमुख चुनौती भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् ।
राष्ट्रपति पौडेलले मंगलबार ललितपुरमा इसिमोड नामक संस्थाले गरेको कार्यक्रममा नेपालमा हिउँ पग्लिने, हिमाल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले तहसनहस बनाएको बताए ।
‘आज हाम्रा सामु हिमालमा हिउँ पग्लिएको, हिमाल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले गर्दा जलवायु परिवर्तनजन्य घटनाका कारण अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानी नोक्शानी भोगिरहेको छ’, राष्ट्रपति पौडेलले भने, ‘नेपाल जस्ता मुलुकले हरित गृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा शून्य सरह योगदान गरेपनि यहाँ जलवायु परिवर्तनको प्रभाव अत्याधिक छ ।’
उनले जलवायु परिवर्तनजन्य घटनाका कारण देशको अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानी पुगेको पनि बताए ।











प्रतिक्रिया दिनुहोस्