आधिकारिक जानकारी छैन एनसेल प्रकरणबारे सरकारलाई, बुझ्दैछुः मन्त्री महत
काठमाडौं, १९ मंसिर। एनसेल बिक्री प्रकरणबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारलाई आधिकारिक जानकारी नरहेको बताएका छन् । यसको समग्र स्थिति बुझ्ने क्रममा रहेको उनले बताए ।
चितवनको भरतपुर विमानस्थलमा मंगलबार बिहान पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री डा। महतले भने, ‘‘यस विषयमा हामी अझै सूचना लिइरहेका छौं,’समग्रमा के स्थिति छ सबै बुझिसकेपछि मात्रै यसबारेमा अथेन्टिक रुपमा भन्न सकिन्छ ।’
सरकारलाई आधारिक जानकारी नआइसकेको, र यसको नियमन गर्ने निकाय दूरसञ्चार प्राधिकरण रहेको भन्दै बुझेर जानकारी दिने बताए । ‘अहिले जे प्रकाशित भएको छ, आधिकारिक रुपमा सरकारलाई जानकारी गराइसक्या अवस्था पनि छैन, हाम्रो तहमा आइसक्या अवस्था पनि छैन,’ उनले भने । यद्यपि कर छलीको विषयमा आफूले सरोकारवाला निकायसँग छलफल गरेको उनले बताए ।
उनले अहिले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताए ।











प्रतिक्रिया दिनुहोस्