राहुल महरालाई सुन तस्करी छानबिन समितिले बयानका लागि बोलायो
काठमाडौं, १९ मंसिर। सरकारले गठन गरेको उच्चस्तरीय समितिले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई सुन तस्करी प्रकरणको छानबिनमा बयानका लागि बोलाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युतीय चुरोट (भेप) मार्फत लुकाएर ल्याएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका राहुल महरा अहिले पुर्पक्षका लागि थुनामा छन् ।
छानबिन समितिले उनलाई बयानका लागि मंगलबार उपस्थित गराइदिन भन्दै केन्द्रीय कारागार, सुन्धारालाई पत्राचार गरेको छ ।
कारागार स्रोतका अनुसार, उनलाई केहीबेरमा सिंहदरबारस्थित उच्चस्तरीय छानबिन समितिको कार्यालयमा उपस्थित गराइँदैछ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १३ भदौमा उनलाई पक्राउ गरेको थियो ।











प्रतिक्रिया दिनुहोस्