सरकार फाइनल टचको तयारीमा अर्थतन्त्र सुधारका लागि

काठमाडौं, १८ मंसिर। देशको अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘फाइनल टच’ को तयारीमा रहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार विभिन्न मिडियाका सम्पादकहरुसँग कुराकानी गर्दै आफ्नो नेतृत्वको सरकारले देशमा विद्यमान विभिन्न समस्या सुधारका काम गरिरहेको दाबी गरे ।

उनले वित्तीय संकट सामना गर्न सरोकारवालासँग छलफल गरिएको र केही निष्कर्ष निकालिएको जानकारीसमेत दिए ।

व्यवहारमा केही समस्या देखिएको तर अर्थतन्त्रका कारण सरकार संकटमा नरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । व्यापार व्यवसायको स्थिति खराब रहेको, सटरहरु बन्द हुँदै गएको अवस्थालाई अन्त्य गर्नका लागि सरकारले चाँडै विशेष कदम चाल्ने उनले प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्