हुन पनि हो, देश कसरी बन्छ त ? दिनहुँ युवा विदेशिएका छन्,: शेखर कोइराला
काठमाडौं, १७ मंसिर । नेताहरूले उग्र महत्त्वकांक्षा त्यागेर आचरण नसुधारेसम्म कांग्रेस पार्टी परिवर्तन नहुने नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बताएका छन्।
देशमा सुशासन आउन सबैभन्दा पहिला त कांग्रेस पार्टी नै परिवर्तन हुनुपर्ने बताए। युवालाई विदेश पलायन हुनबाट रोक्न नसके देश थप धराशायी हुने उनको भनाइ छ।
‘दिनहुँ लस्कर लागेर युवा विदेशिएकोमा हामी कसैलाई चिन्ता छैन, केबल स्वार्थ केन्द्रित राजनीतिमा छौं। अनि देश कसरी देश बन्छ?’, शनिबार कांग्रेस लुम्बिनीको पहिलो सम्मेलनमा कोइरालाले भने।
उनले अब कुनै पनि निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने बताए। कांग्रेस एक ढिक्का हुन नेताहरूले दम्भ छाड्नुपर्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्