आज ३२ औं अन्तराष्ट्रिय अपांगता दिवस विविध कार्यक्रम गरी मनाइंदै

काठमाडौं, १७ मंसिर । आज ३२ औं अन्तराष्ट्रिय अपांगता दिवस विविध कार्यक्रम गरी मनाइएको छ।

सोही अवसरमा राजधानीमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो।

विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि बर्सेनि डिसेम्बर ३ मा संसारभर विश्व अपांगता दिवस मनाइन्छ।

यस वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धतास अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने मूल नारासहित सो दिवस मनाइएको छ।

भद्रकालीदेखि सुरू भएको प्रभातफेरी कार्यक्रम भृकुटीमण्डप पुगेर भेला भई समापन भएको थियो।
यसै अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, कार्यवहाक प्रधानमन्त्री लगायतले ३२ औं अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्