३० लाख धरौटीमा छाड्न आदेशः टोपबहादुरका छोरा सन्दीपलाई

काठमाडौं १५, मंसिर । एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेकालाई धरौटीमा छाड्न आदेश भएको छ ।

३० लाख रुपैयाँ धरौटीमा उच्च अदालत, पाटनले शुक्रबार छाड्न आदेश दिएको हो ।अभियोग दाबीबाट कसुर पुष्टि हुने नदेखिएको भन्दै उनलाई छाड्ने आदेश भएको हो ।

उनका बुबा टोपबहादुर रायमाझीको हकमा भने उच्च अदालतले जिल्लाकै निर्णय यथावत् रहने आदेश सुनाएको छ । जिल्लाले टोपबहादुरलाई थुनामा राख्न आदेश दिएको थियो ।

प्रहरीले उनलाई २० वैशाखमा बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्