उच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलायो एनसेलको शेयर बेच्ने निर्णयविरुद्धको रिटमा

काठमाडौं १५, मंसिर । उच्च अदालत पाटनले एनसेलको शेयर बेच्ने मलेसियन कम्पनी आजियाटाको निर्णयविरुद्ध परेको रिटमा दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

आजियाटाले व्यवसायिक वातावरण चुनौतीपूर्ण बन्दै गएको भन्दै एनसेलमा रहेको सेयर बिक्री गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध परेको रिटमा न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले कारण देखाउ आदेश जारी गरी लिखित जवाफ मागेको छ ।

साथै अन्तरिम आदेश दिने/नदिनेबारे भने दुबै पक्षको छलफल सुनेर मात्र निर्णय गर्नु उपयुक्त हुने भन्दै २५ गतेका लागि पेशी तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्