आफैं ढल्न सक्छ यो सरकार, हल्लिरहेको छ अहिलेः ओली
काठमाडौं १५, मंसिर । वर्तमान सरकार आफैं ढल्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । वर्तमान सरकारको जग कमजोर भएको भन्दै उनले कसैले ढाल्नै नपर्ने र आफैं ढल्ने बताए ।
महाकाली–मेची अभिायन अन्तर्गत शुक्रवार डडेलधुरामा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘यो सरकार कसैले ढाल्नु पर्दैन, सरकार हल्लिरहेको छ । चर्याकमर्याक छ । यो सरकार कुनै समय आफैँ ढल्न सक्छ । यो कुनै खुट्टा भएको सरकार नै होइन । यो त गठबन्धनका छेस्का टिकाएर अडेको सरकार हो ।’
वर्तमान सरकार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नीतिमा हिँड्न खोज्दा पनि नसकेको र प्रचण्ड पथको भरिया सत्ता साझेदार दल नेपाली कांग्रेस बनेको आरोप ओलीले लगाए ।
वर्तमान सत्ता गठबन्धन रहीरहे देश बर्बादीमा जाने जिकिर गर्दै ओलीले आगामी २०८४ सालको चुनावपछि नेकपा एमालेको एकल सरकार बनाउनुपर्ने बताए ।











प्रतिक्रिया दिनुहोस्