अन्तर्राष्ट्रिय समुदायलाई समितिको आग्रह, विपिन जोशीको रिहाइ होस

काठमाडौं, १४ मंसिर। विपिन जोशीको रिहाइका लागि प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हमास लगायत अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । बिहीबार बसेको समितिको बैठकले यस्तो आग्रह गर्दै विज्ञप्ति जारी गर्ने निर्णय गरेको सभापति राजकिशोर यादवको संयोजकत्वमा बसेको समितिको बैठकले यस्तो आग्रह गर्दै विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ ।

‘विपिन जोशीको विना शर्त अविलम्ब रिहाइका लागि हमास लगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गरेका छौँ’, सभापति यादवले भने, ‘नेपाल कुनै पनि पक्षधरता देश नरहेको र हामी जहिले पनि शान्तिको वकालत गर्ने भएकाले हाम्रो नागरिकलाई कुनै पनि कारणविना यसरी बन्धक बनाइनुहुँदैन भन्ने हाम्रो मान्यता हो ।’

प्रतिक्रिया दिनुहोस्