माछापुच्छ्रे बैंकले ल्यायो नयाँ प्राविधि, पिओएस कारोबार गर्दा आवाजबाटै सूचना दिने
काठमाडौं, १२ मंसिर । माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक पिओएस मेसिनमा इन्सट्यान्ट पेमेन्ट नोटिफिकेसन प्रविधिको शुभारम्भ गरेको छ । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक भएको छ ।
नेपालभरका FINPOS ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनी (Sound) बाट पनि भुक्तानीको सुचना दिने गरी माछापुच्छ्रे बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको हो । अब माछापुच्छ्रे बैंकका FINPOS मर्चेन्टहरुले Card, QR ( Nepal Pay वा Fone Pay) र M-Smart NFC मार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनी (Sound) मार्फत हुने बैंकले जनाएको छ। जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ कार्ड कारोबार प्रति लोकप्रियता एवम् विश्वासनियता अझ बढ्ने अपेक्षा गरिएको बैंकले उल्लेख गरेको छ।
बैंकका अनुसार यस सुविधाबाट माछापुच्छ्रे बैंकका हजार भन्दा बढी FINPOS POS राख्ने मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् । साथै अन्य कुनै मर्चेन्टहरुलाई यो प्रविधि चाहिएको खण्डमा माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क राखि उक्त सेवा सजिलै जाडन गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।














प्रतिक्रिया दिनुहोस्