नेपाल लाइफ अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काडमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी भारतीय चेम्बर अफ कमर्सद्वारा मुम्बईमा आयोजित प्रतिष्ठित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा ‘बेष्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ को रनर अफको रुपमा २०८० साल मङ्सिर ०७ गते सम्मानित भएको छ । एसिया भरका बीमा कम्पनीहरुको वित्तीय विवरण, सूचांकहरु, सुशासन आदि अध्ययनको आधारमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी उत्कृष्ट कम्पनीको रुपमा पुरस्कृत भएको हो ।

आईएमई लाइफ नेपालमा बीमाको दीगो विकास रणनीति तथा बीमाको पहुँच बृद्धिका लागि जनस्तरमा पुगेर बीमा सेवा सञ्चालन गर्दै आइरहेको कम्पनी हो । स्थापनाको छोटो अवधीमा आईएमई लाइफले उत्कृष्ट, नतिजामुखी बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पिडब्लुसी, इण्डियन इन्टिच्यूट अफ इन्स्योरेन्स लगायत थुप्रै संस्थाहरुद्वारा स्वतन्त्र रुपमा मूल्यांकन गरि विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको होे ।

भारतको मुम्बईमा आयोजित भव्य समारोहका बीच आई।एम।ई। लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले हिजो उक्त अवार्ड ग्रहण गरेका छन् ।
उक्त इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड समारोहमा अन्य थुप्रै बीमा कम्पनीहरुको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्