कीर्ते गर्ने उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत

काठमाडौं, ७ मंसिर। सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा स्वीकृत गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले राजीनामा स्वीकृत गरेको सञ्चारमन्त्री रेखा शर्माले बताइन्।

उमेर विवादमा मुछिएपछि उपरथी पाण्डेले राजीनामा दिएका थिए।

व्यक्तिगत कारण देखाएर बुझाएको राजीनामालाई कात्तिक २४ गतेबाट लागू हुने गरी स्वीकृत गरिएको बताइन्।

प्रतिक्रिया दिनुहोस्