हिमालय एयरलाइन्स गन्तव्य विस्तारमा, डिसेम्बरबाट काठमाडौं-सांघाइ साताको दुई उडान गर्दै
काठमाडौं ३, मंसिर । निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको सांघाइका लागि नियमित उडान गर्ने भएको छ । नेपाल(चीन हवाई सेवा विस्तार योजना अन्तर्गतको यो उडान डिसेम्बर २ बाट सुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
उक्त गन्तव्यमा साताको शनिबार र बुधबार उडान गर्ने भएको छ। यसअघि चिङताओ र बेइजिङमा कम्पनीको नियमित उडान छ । कम्पनीका लागि सांघाइ चीनतर्फको तेस्रो उडान गन्तव्य हो ।
नेपाल-चीन सँगै विभिन्न अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यमा विस्तार गर्दै आएको उडानमार्फत दुईतर्फी पर्यटनसँगै व्यापार व्यवसाय प्रवर्धन गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
सन् २०१४ मा स्थापना भएको उक्त वायुसेवा कम्पनीमा चीनको तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनी र नेपालको यती वल्र्ड इन्भेष्टमेन्टको संयुक्त लगानी छ।
हाल यो कम्पनीले तीनवटा एयरबस ३२०-२१४ र एउटा एयरबस ३१९-११५ गरी कुल ४ वटा जहाजमार्फत यूएई, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बंगलादेश लगायतका अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान गर्दै आएको छ ।















प्रतिक्रिया दिनुहोस्