पहिलो पेशी तोकियो टिकटक प्रतिबन्धमाथिको, सुनुवाइ सोमबारदेखि

काठमाडौं १, मंसिर । सर्वोच्च अदालतमा दायर रिटमा टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्धको पहिलो पेशी तोकेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको रिटमा सोमबारका लागि पेशी तोकिएको हो ।

अदालत खुलेको पहिलो दिनमा नै हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्धको रिट सर्वोच्च अदालतमा परेको थियो । उक्त रिट निवेदनमा पहिलो सुनुवाइ गर्नका लागि मंसिर ४ गतेका लागि पहिलो पेशी तोकिएको अदालतले जनाएको छ ।

भोलि शनिबार तथा पर्सी छठ पुजाको सार्वजनिक विदा भएकाले सोमबारलाई पेशी तोकिएको हो ।

सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठीलगायतले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्