महँगियो सुन, एकैदिन २ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडौं १, मंसिर । मंसिर लागेसँगै सुनको भाउ उच्च दरमा बढेको छ । मंसिरको पहिलो दिन नै सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघले शुक्रबारको लागि छापावाला सुनको भाउ प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ तोकेको छ । यसैगरी तेजाबी सुनको भाउ प्रतितोला १ लाख १५ हजार रुपैयाँ तोकेको छ ।

तिहारअघिसम्म सुन प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

यसैगरी शुक्रबार चाँदीको भाउ पनि तोलामा ९० रुपैयाँले बढेको छ । तिहारअघिसम्म प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको चाँदीको भाउ शुक्रबार १ हजार ४५० रुपैयाँ पुगेको छ ।

सुन महँगो भएकाले पनि सुनको माग कम भएको व्यवसायीहरु बताउछन्। अहिले सुनको व्यापार विगतका वर्षहरुको तुलनामा आधा घटेको छ ।

प्रतिक्रिया दिनुहोस्