भाइटीका बाहेक अन्य दिन अध्यागमन विभागको सेवा सुचारु रहने
कात्तिक, काठमाडौं, । यस वर्ष २८ कात्तिक (१५ नोभेम्बर) का दिन परेको भाइटीकाबाहेक अन्य दिन अध्यागमन विभागको सेवा सुचारु रहने भएको छ ।
विभागका अनुसार तिहार बिदाका अन्य दिनमा भने विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुला रहने भएको छ । सार्वजनिक बिदामा भाइटीकाको दिन बाहेक अन्य दिन बिहान ११ बजेदेखि १ बजेसम्म सेवा सुचारु रहने विभागले जानकारी गराएको छ ।
अहिले पर्यटक आगमन बढी हुने मौसम हो । पदयात्रा र पर्वतारोहणका लागि यस मौसममा बढी पर्यटक आउने गर्छन् ।















प्रतिक्रिया दिनुहोस्