जाजरकोटका पीडित एक सातादेखि खुला आकाशमुनीको बास, पहुँचवालाले त्रिपाल रूकुम पश्चिम लगे

काठमाडौं २३, कात्तिक । भूकम्मको मारमा जाजरकोटका जनता अहिले आहतमा छन् । राजनीतिक प्रभाव र पहुँचवालाले राहत रूकुम पश्चिम एकोहोर्‍याउँदा जाजरकोटका पीडित भने नांगै हुने स्थिति बनेको जनप्रतिनिधिले बताएका छन् । जाजरकोटका पीडितहरूले त्रिपाल पनि पाउन नसकेको तहाँका जनप्रतिनीधिहरुले बताइ रहेका छन् ।

‘केन्द्रमा सोध्यो ट्रकका ट्रक गयो भनिन्छ । जम्मा तीन जिल्ला प्रभावित छ, त्यसमाथि पनि धेरै प्रभावित जाजरकोट र अझ भेरी नगरपालिका पर्छ,’ उनले सेतोपाटीसँग भने, ‘ट्रकका ट्रक सामान प्रभावित क्षेत्रमा आइपुगेको भए, जाजरकोट भरिभराउ भइसक्थ्यो। पीडित बारीको पाटामा नांगै हुने अवस्था आउँदैनथ्यो।’

उनले सत्ताको पहुँच र प्रभावमा भएकाहरूले दुरूपयोग गरेको प्रष्टै देखिएको बताए। आफूले तीन हजार त्रिपाल किन्न खोज्दा पनि नपाएको उनले दुःखेसो पोखे ।

नेताहरूले जिल्ला विपद् व्यवस्थापनलाई दुरूपयोग गर्नुभएको छ । आफू अनुकूल राहत एकोहोर्‍याउनु भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिलाई आवश्यकताभन्दा बढी सक्रिय बनाइएको छ । उहाँहरूको रवैयाका कारण राहतको समानु्पातिक र न्यायोचित वितरण भएन, दुःखको बेला यसो नगरेको भए हुन्थ्यो स्थानिय तहका जनप्रतिनिधीहरु बताउछन् ।

सदरमुकाममै पाल पुर्‍याउन नसक्ने अवस्था आउनु दुःखद् भएको बताए । भूकम्प गएको एक साता भइसकेको छ । अहिलेसम्म त्रिपाल पनि पुर्‍याउन नसक्ने अवस्था आउँदा कसरी मन थाम्ने प्रति प्रश्न गर्छन ।
भारत, चीन सरकारले पनि त्रिपाल लगायतका राहत सामग्री पठाएको, नेपाल सरकारले बुझेको समाचारहरुमा आफूले देख्दादेख्दै पनि ती सामग्री जाजरकोट नआइपुग्नु आश्चर्य भएको बताउ छन् ।

१ र ३ नम्बर वडामा बढी मानवीय क्षति भएको छ । अरू वडाका मानिसहरू पनि खुला ठाउँमा हुनुहुन्छ । उहाँहरूको जीवन रक्षा पहिलो कर्तव्य बनेको छ । एक सरो पाल पनि पुर्‍याउन नसकेको अवस्था छ । उच्च पदस्थहरू यहाँ हेलिकप्टर चढेर आएर कामै छैन । पालसम्म त दिन सकेको छैन, हेलिक्पटरमा नेता होइन राहात ल्याउनु पर्यो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले पनि जाजकोटमा राहत सामग्री नपुगेको बताए । उनले जिल्लामा २२ हजार थान पाल बाँडे पनि त्यो संख्या अपर्याप्त भएको बताए ।

जाजरकोटमा त्रिपाल नपुगेको कुरा सत्य हो । हामीले केन्द्रबाट राहत सामग्री आइपुग्ने बित्तिकै आवश्यकता हेरेर नलगाड, भेरी नगरपालिकाका अति प्रभावित ठाउँमा वितरण गरेका छौं। अन्यत्र पनि वितरण गरेका छौं । तर, सबैतिर पुर्‍याउन सकिएको छैन,’ शर्माले भने ।

अहिले जिल्ला विपद् व्यवस्थापन समितिको भण्डारमा एक थान पाल पनि स्टक नभएको उनले बताए ।

केन्द्रबाट त्रिपाल सानो साईजका धेरै भएकोले संख्यात्मक हिसाबले ठूलो परिणाममा वितरण भएको देखिए पनि त्यसले परिवार नै ओतिएको अवस्था भने छैन ।

प्रतिक्रिया दिनुहोस्