भूकम्प प्रभावित जिल्लाका कर्मचारीहरूलाई तत्काल बिदा नबस्न सरकारको निर्देशन

काठमाडौं, कात्तिक १८ गते । सरकारले भूकम्प प्रभावित जिल्लाका कर्मचारीहरूलाई तत्काल बिदा नबस्न निर्देशन दिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायका तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीहरूलाई तत्काल बिदामा नबस्न निर्देशन दिएको हो ।

‘‘भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरू बिदामा भएमा यथाशीघ्र आफ्नो कार्यालयमा हाजिर भई कामकाजमा खटिनुहुन र तत्काल बिदामा नरहन हुन समेत निर्देशन गरिएको छ ।’’ जारी विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले भूकम्पमा परी मृत्यु भएका व्यक्तिहरूको खोजी तथा पहिचान, घाइतेहरूको राहत तथा उद्धार, स्वास्थ्य उपचारसहित अन्य सबै पक्षहरूको व्यवस्थापनमा खटिन प्रभावित जिल्लाका सबै स्थानीय निकाय एवम् स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीहरूलाई अनुरोध समेत गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्