विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन

काठमाडौं । १७ कार्तिक । रामेछापको मन्थली विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन गरेको छ । आज बिहान लुक्लाबाट मन्थली विमानस्थलमा विमान अवतरण गराएका तारा एयरका पाइलटहरूबीच झगडा भएको थियो।

बिमानबाट झरेपछि विमानका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठबीच एकअर्कामाथि हात हालाहाल भएको थियो । जसकारण नेपाल नागरिक उड्डयन प्राधिकरणले उनीहरूलाई ग्राउण्डेड गरेको हो ।

उनीहरूबीच झगडा व्यक्तिगत कारणले भएको प्राधिकरणले जनाएको छ । यद्धपी कारण भने खुलाइएको छैन । पाइलटहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्