फागुन १ गते बिदा दिने प्रस्ताव संसदबाट पारित गरेर देखाउन एमालेको चुनौती !

काठमाडौं, १६ कात्तिक । माओवादी सशस्त्र युद्ध सुरु भएको दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले फिर्ता लिनुपर्ने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताएका छन् । यदि फागुन १ गते बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने भन्दै प्रतिनिधिसभा बैठकमा बिहीबार पौडेलले बताए ।

सरकार परीक्षण गर्न तयार हुनुपर्छ, ‘यदि यो सरकारलाई फागुन १ गते युद्ध दिवश मनाउनु ठीक हो भन्ने लाग्छ भने । होइन भने सरकार गलत निर्णयबाट पछाडि हटोस् ।
फागुन १ गते नेपालमा हिंसाको आरम्भ भएको भन्दै पौडेलले त्यस दिन उत्सवको दिन हुन नसक्ने जिकिर गरे । ‘त्यो नेपालमा हिंसा आरम्भ भएको दिन थियो । हिंसाको बाटो गलत थियो भनेर साथीहरु शान्ति प्रक्रियामा सहभागी हुनुभएको हो । त्यो स्वीकारोत्तिका साथमा उहाँहरुको यो सदनमा उपस्थिति छ भन्ने म मान्दछु । हिंसा शुरु भएको दिनलाई कसरी खुशी भएर बिदा मनाउनु ?

मुलुक समृद्धिको दिशामा अघि बढिरहेकाले युद्ध दिवश मनाउनु उचित नहुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्