प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं, १२ कात्तिक । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने कार्यसूचि रहको छ ।
आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरु तथा संयुक्त राष्ट्र संघका महासचिवको सम्बोधनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालिका छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन विधेयक(२०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, बैंकिङ्ग कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक( २०८०, भन्सार विधेयक (२०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, भन्सार विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

यस्तै, परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी० साउदले बिमस्टेक वडापत्र (बिमस्टेक चार्टर० अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । दशैं विदा भएकाले लामो समयदेखि संसद चलेको छैन ।

प्रतिक्रिया दिनुहोस्