यूएईविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल
काठमाडौं १०, कात्तिक । त्रिकोणात्मक टी-२०आई शृङ्खलाको फाइनलमा यूएईविरुद्ध पहिले नेपालले ब्याटिङ गरिरहेको छ ।
किर्तिपुर स्थित टीयू मैदानमा यूएईले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । सिरिजमा नेपालले पहिलो पटक टस हारेको हो भने दोस्रो पटक पहिले ब्याटिङ गरेको हो ।
नेपालले यसअघि लिग चरणमा चारवटै खेल जित्दै अपराजित रहेर फाइनल पुगेको थियो । युएई भने नेपालसँगको दुवै खेलमा पराजित भएको थियो । तर, हङकङसँग समान अंक भए पनि नेट रनरेटमा अगाडि रहेर फाइनल पुगेको हो ।
फाइनलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ । अलराउण्डर विवेक यादवको स्थानमा स्पीनर ललित राजवंशी पहिलो रोजाईँमा खेल्दैछन् ।
टी–२० आई हेड टू हेडमा नेपाल यूएईभन्दा अगाडि रहेको छ । नेपाल र यूएईबीच अहिलेसम्म कुल ७ खेल भएका छन् । जसमा नेपालले ४ खेल जित्दा यूएई तीन खेलमा विजयी भएको छ ।











प्रतिक्रिया दिनुहोस्