सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, तोलाकै एक लाख १५ हजार पाँच सय

काठमाडौं ३, कात्तिक । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न गरेको छ ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । बिहीबार पनि सुनको मूल्य तोलामा एकै दिन एक हजार आठ सय रूपैयाँले बढेको थियो ।

बिहीबार सुन प्रतितोला एक लाख १३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । निरन्तर मूल्य उकालो लागेर आज शुक्रबार सुन प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा ५ रूपैयाँले बढेको छ । बढेर प्रतितोला एक हजार चार सय रूपैयाँ पुगेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ५० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्