महानचाडकाबीचमा सुन ह्वात्तै बढ्यो

काठमाडौं, २ कार्तिक। नेपालीहरुको महान चाडले घेरीहेको बेला सुनको भाउले एकपछि अर्को नयाँ रेकर्ड कायम गर्दै, बढ्दे गएको छ । एकैदिन तोलामा १,८०० रुपैयाँले बढ्यो ।

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार सुन एकैदिन तोलामा १ हजार ८०० रुपैयाँले बढेर हालसम्मकै महँगो भएको हो।

शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ। बिहीबार छापावाला सुन प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्