बागमती प्रदेशमा कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने माग उठे : महामन्त्री गगन थापा
काठमाडौं, २ कार्तिक। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बागमती प्रदेशमा कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने माग उठेको बताएका छन् । नेपाली कांग्रेसका चार जना प्रदेश सभा सदस्यहरु आफूकहाँ आएर माओवादी केन्द्रको नेतृत्वमा रहन नसक्ने बताएको उनले जानकारी दिए ।
नेपाल प्रेस युनियनको शुभकामना आदान प्रदान तथा चियपान कार्यक्रममा महामन्त्री थापाले भने, ‘आज म कहाँ चार जना बागमती प्रदेशका सांसदहरु आउनुभयो । उहाँहरु के भन्नुहुन्छ भने बागमती प्रदेशमा हामी सबभन्दा ठूलो पार्टी हो, हामी माओवादीलाई मान्दैनौं । सरकार बदलौं ।’
त्यसको जवाफमा आफूले पार्टी सभापति र बरिष्ठ नेताहरुलाई सोध्न भनेको उनले बताए । बागमती प्रदेशमा हाल २१ सिट रहेको माओवादी केन्द्र नेतृत्वको गठबन्धन सरकार छ । गठबन्धन सरकारमा ३७ सिट रहेको नेपाली कांग्रेस र ७ सिट रहेको एकीकृत समाजवादी छन् ।
महामन्त्री थापाले आगामी चुनावमा नेपाली कांग्रेसले गठबन्धन गरे पार्टी एक नरहने समेत बताएका छन् ।
नेपाली कांग्रेस महामन्त्री गगन थापाले पपुलिजम रोगका रुपमा देखिएको बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौँद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम उनले भने, ‘अहिले विश्वमा पपुलिजको रोग छ । यो रोग विरुद्ध प्रेसका साथीहरू उभिनुपर्छ। प्रेसका समस्यामा हामी गम्भीर भएर लाग्छौँ ।’
पार्टीभित्रको समस्या र अन्यायबारे आगामी महासमिति बैठकमा गम्भीर छलफल हुने उनको भनाइ छ । सरकारै सरकारमा रहेको पार्टीका नेता कार्यकर्तालाई ८४ मा हारिन्छ भनेर किन चिन्ताभन्दै उनले प्रश्न गरे । चुनावअघि गठबन्धन गर्ने कुरा सैद्धान्तिक हिसाब गलत भएको भन्दै महासमिति बैठकले यसबारे धारण बनाउनुपर्ने महामन्त्री थापाले बताए ।
उनले जनयुद्ध दिवस कांग्रेसलाई मान्ने नहुने बताए ।ुफागुन १ गते जनयुद्ध दिवसका रुपमा कांग्रेस मान्दैन । त्यो माओवादी पार्टीको कुरा हो । हामी मान्दैनौँ ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रा काम आफूले र नराम्रो काम कांग्रेस गरेको आरोप लगाएको उनको भनाइ छ । ुप्रधानमन्त्रीले राम्रो जति मेरो, नराम्रो जति कांग्रेसको भन्नुहुन्छ । मन्त्रीहरुले कांग्रेसका कारण काम गर्न सकिन भनेर समाचार लेखाएका छन् । त्यसैले मैले निश्चित समय तोकेर सरकार कसले चलाउने टुंगो लगाउनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्