आइफोन १५ को सिरिज नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं , असोज २५ । आजबाट नेपाली बजारमा आइफोन १५ सिरिज आएको छ । आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स नेपाली बजारमा आएका हुन् ।

आईफोन १५ अन्तर्गत १२८ जीबीको १ लाख ५७ हजार, २५६ जीबीको १ लाख ७६ हजार र ५१२ जीबीको २ लाख १४ हजार रुपैयाँ मूल्य रहेको छ । त्यस्तै, आइफोन १५ प्लस अन्तर्गत १२८ जीबीको १ लाख ७६ हजार, २५६ जीबीको १ लाख ९५ हजार र ५१२ जीबी २ लाख ३३ हजार मूल्य रहेको छ ।

आइफोन १५ प्रो अन्तर्गत १२८ जीबीको १ लाख ९५ हजार, २५६ जीबीको २ लाख १४ हजार, ५१२ जीबीको २ लाख ५३ हजार र १ टीबी २ लाख ९० हजार रहेको छ ।

आइफोन १५ प्रो म्याक्सअन्तर्गत २५६ जीबीको २ लाख ३३ हजार रुपैयाँ, ५१२ जीबीको २ लाख ७१ हजार र १ टीबी ३ लाख ९ हजार मूल्य रहेको छ ।

नेपाली बजारमा ओलिज स्टोर र इभोस्टोर लगायतले आइफोन विक्री गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्