कांग्रेसका सांसदले खोज्न थाले प्रचण्ड सरकारको बिकल्प

काठमाडौं । कोशीमा माओवादी नेतृत्व अस्विकार गर्दै नेपाली कांग्रेसका शेखर कोइराला पक्षधरले बिद्रोह गरिरहेको बेला काठमाडौंमा पनि संघीय सरकारको बिकल्प खोज्नु पर्ने धारणा आउन सुरु भएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद सञ्जय गौतमले पुष्पकमल दाहाल नेतृत्वको सरकारले निकास दिन नसक्ने भन्दै बिकल्प खोज्नु पर्ने जनाएका छन ।

उनले तत्कालै कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने जनाएका छन् ।‘सुकुम्बासीको समस्या समाधान नगर्ने, विकासको काम नगर्ने, महँगी नियन्त्रण नगर्ने, राष्ट्रिय गौरवका आयोजना ध्वस्त पारिराख्ने र खालि सत्ताको लुछाचुँडीमा,’ प्रचण्ड सरकारकाे ध्यान केन्द्रित भएकाे उनकाे आरोप छ ।

‘देशको आर्थिक स्थिर अवस्थामा छ, यसलाई गतिशील बनाउनु पर्ने छ, उत्पादनमा जोड दिनु पर्ने हुन्छ, प्राकृतिक स्रोतको उपयोग बढाउनुपर्छ तर यही गति र मतिमा चल्ने हो भने यस (सरकार) ले राम्रो परिणाम ल्याउँदैन ।

नेपाली जनताका अगाडि धेरै विकल्प छैन, यस्तै हो भने नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार निमाण गरौं समयमै ।’प्रतिनिधिसभा बैठकमा कांग्रेसको नेतृत्वमो सरकार गठन गर्नु पर्ने माग पहिलो पटक उठेको हो ।

प्रतिक्रिया दिनुहोस्