मानव अधिकार आयोगमा दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगमा स्थापना कालदेखि अहिलेसम्म दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित रहेको बताएको छ ।

शुक्रबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगमा स्थापना कालदेखि अहिलेसम्म दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित रहेको बताउनुभएको हो । उहाँले अहिलेसम्म कुल उजुरी १३ हजार २८६ आयोगमा परेको पनि बताउनुभयो ।

अध्यक्ष मगरले आयोगले सिफारिस गरेको १४ सय ३३ मध्ये पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले सिफारिस पूर्ण रुपमा कार्यान्वयन भएका १५.३० प्रतिशत रहेको बताउनुभयो । उहाँले आंशिक रुपमा लागू भएका ३९.२ प्रतिशत र लागू नभएको ४५.५ प्रतिशत रहेको रहेको बताउनुभयो ।

अध्यक्ष मगरले आफूहरु आयोगमा आएदेखि २१८ वटा सिफारिस गरेको, मुद्दा समाधान हुन बाँकी ४ हजार १५० थान र छानबिन भइ निर्णय हुन बाँकी १४ सय ६२ रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्