गठबन्धनभित्र सहमति : शुक्रबारबाट संसद्को बजेट अधिवेशन अन्त्य

काठमाडौं, असोज २५ ।  सत्ता गठबन्धनको बिहीबार बिहान बसेको बैठकले भोलि (शुक्रबार)बाट संसद्को चालु अधिवेशन अन्त्य गर्ने सहमति गरेको छ ।

गठबन्धन बैठकमा सहभागी एक नेताका अनुसार संसद्को बजेट अधिवेशन अन्त्य गर्ने सहमति भएको हो । सहमतिबमोजिम मन्त्रिपरिषद् बैठक बसेर अधिवेशन अन्त्यको सिफारिस हुनेछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन अन्त्य हुनेछ ।

“भोलिबाट अधिवेशन अन्त्य गर्ने गठबन्धनभित्र सहमति भएको छ । मन्त्रिपरिषद् बैठक बसेर निर्णय हुन्छ,” ती नेताले भने ।

 

प्रतिक्रिया दिनुहोस्