नेपाल फर्किन इजरायलको तेल अभिभ एयरपोर्टमा भेला भए २५० नेपाली

काठमाडौं, असोज २५ । इजरायलबाट नेपाल फर्किन तयार २५० जना नेपाली नेपाल एयरलाइन्सको जहाज चढ्न त्यहाँस्थित तेलअभिभ एयरपोर्टमा भेला भएका छन्।

हमासको आक्रमणपछि हिंसाग्रस्त इजरायलमा रहेका नेपालीको उद्धार गर्न आज बिहान नेपाल एयरलाइन्सको जहाज लिएर परराष्ट्रमन्त्रीसहितको टोली त्यहाँ पुग्दै छ।

काठमाडौँस्थित त्रिभुवन विमानस्थलबाट बिहीबार साढे ३ बजे उडेको ए ३३० विमान दुबई विमानस्थलमा अवतरण गरी स्थानीय समयानुसार बिहान १० बजेर ४६ मिनेट जाँदा त्यहाँबाट इजरायलका लागि उडिसकेको छ।

नेपाल फर्किन चाहनेको सूचीमा नाम लेखाएका नेपालीमध्ये अहिले पहिलो चरणमा २५० जनालाई जाहाजले स्वदेश लिएर आउनेछ।

 

प्रतिक्रिया दिनुहोस्