धुलिखेल अस्पतालमा छिट्टै ट्रमा सेन्टर सुरु हुन्छ : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री मोहनबहादुर बस्नेतले धुलिखेल अस्पतालमा अब छिट्टै ट्रमा सेन्टर सुरु हुने बताएका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित उक्त अस्पताल र नेपाली र जर्मनीमा रहेका स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुबीच स्थापित संस्था (जिनेसोग)ले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आज शुभारम्भ गर्दै उनले अरनिको र बीपी राजमार्गको छेउमा रहेको यस अस्पतालका लागि विदेशी दातृ संस्थाबाट प्राप्त रकम नेपाल सरकारले स्वीकार गरिसकेकोले आवश्यक व्यवस्थाका लागि सहजीकरण गरी अब छिट्टै सेवा सुरु गरिने बताए ।

समुदायस्तरमा सञ्चालन भएको उक्त अस्पताल गुणस्तरीय हुनाका साथै गरिब, असाहाय र विपन्न नागरिकलाई सहज, सुलभ र राम्रो सेवा पु¥याएकामा मन्त्री बस्नेतले यसको प्रशंसा गरे ।

राज्यको सानो सहयोगमा पनि आफ्नो बुद्धि र विवेकले सामुदायिक अस्पताल सञ्चालन गर्न सफल भएको उल्लेख गर्दै उनले सामुदायिक अस्पताल सञ्चालन गर्न चाहनेले एकपटक धुलिखेल अस्पतालमा गएर हेर्नुपर्ने बताए ।

धुलिखेल अस्पतालले यसअघि पनि महिलामा पिसाब चुहिने समस्याको राम्रो उपचार गर्न सफल भएको र अहिले पनि स्त्री तथा प्रसूति रोग विशेषज्ञबीच गरिएको सम्मेलनबाट थप गुणस्तरीय सेवा प्रदान हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा राकमण्ठ माकजू श्रेष्ठले सर्वसुलभरुपमा आम नागरिकको सेवाको लागि गुणस्तरीय सेवा प्रदान गर्नाका साथै समयुदायमा आधारित सेवाबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए । रासस

प्रतिक्रिया दिनुहोस्