दुर्गा प्रसाईंलाई कालो मोसो दलियो
काठमाडौं, असोज २२ । बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँलाई कालो मोसो दलिएको छ ।
एल्लो प्यागोडा होटेल परिसरमा प्रसाईँलाई एमालेको एक समूहले कालो मोसो दलेको हो ।प्रसाईँका सहयोगी दिपक खड्काका अनुसार एमालेका कार्यकर्ताले कालो मोसो दलेका हुन् ।
उनले पत्रकार सम्मेलन गर्न एल्लो प्यागोडा जानेक्रममा गाडीबाट उत्रँदै गर्दा कालो रङ्ग हालेको पोका गाडीमा फ्याकेका थिए ।
त्यस क्रममा प्रसाईँलाई लागेको थियो ।किन कालो दल्यो भन्ने खुलिसकेको छैन।
प्रतिक्रिया दिनुहोस्