इजरायलको बंकरमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीले गरे भिडियो कुराकानी, छिटो उद्धार गर्ने आश्वासन

काठमाडौँ , असोज २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा हमासको आक्रमण बंकरमा रहेका नेपाली विद्यार्थीहरुसँग भिडियो कुराकानी गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार हाल इजरायलको बंकरमा रहेका विपिन सुबेदीसँग प्रधानमन्त्री प्रचण्डले कुराकानी गर्दै छिटो भन्दा छिटो उद्धारको पहल भइरहेको जानकारी गराएका हुन् । प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्दै बंकरमा रहेका विपिनले आफुहरुलाई छिटो भन्दा छिटो उद्धार गरिदिन आग्रह गरेका थिए ।

प्रधानमन्त्रीको सचिवालयले इजरायली पक्षसँग कुरा गरि आज नै युद्ध क्षेत्रका विद्यार्थीहरुलाई सुरक्षित स्थानमा लगिने जानकारी दिएको छ । हमास समूह लुकिछिपी बसेको आशङ्का गरिएको क्षेत्रमा विद्यार्थी बाहिर निकाल्दा सुरक्षामा खतरा हुने भन्दै इजरायल पक्षले नमानेकोले बङ्करको विद्यार्थीलाई निकाल्न केही ढिलाई भएको सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्