सरकारसंग अभिभावकको गुहार: इजरायलबाट बच्चाहरुलाई सुरक्षित फिर्ता गराइदेउ

काठमाडौं, असोज २२ । पीडितहरुले इजरायलमा जारी द्वन्द्वको चपेटामा परेका आफन्तहरुलाई तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन्।

सोमवार बिहान परराष्ट्र मन्त्रालयमा पुगेर उनीहरुले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग द्वन्द्वको चपेटामा परेका लोकेन्द्रबहादुर बिष्टसहितका नौं जना विद्यार्थीहरुको तत्काल सुरक्षित ढंगले नेपाल ल्याउन आग्रह गरेका हुन्।

हमासले आक्रमण गरेको गाजा क्षेत्र नजिकै रहेका उनीहरु आक्रमणको शिकार हुने डरले आत्तिइरहेकाले तत्काल सुरक्षित ढंगले उद्धार गर्न मन्त्री साउदलाई आग्रह गरिएको लोकेन्द्रकी काकी आमा चन्द्रा बिष्टले बताइन्।

प्रतिक्रिया दिनुहोस्